Logo

प्रकाशमानमाथि खनिएका रवीन्द्र मिश्रको चूनौति : एक्लै–एक्लै फाईट गर्ने ?



काठमाडौं, ८ असोज । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई एक्लै आफूसँग लड्न चूनौति दिएका छन् । उनले एक्लै लडेको भए आफूले आरामले हराईदिने दाबी गरेका छन् । उनले चुनाव जितेर वा उपप्रधानमन्त्री भएपनि प्रकाशमानभन्दा आफ्नो नाक १०० गुणाले बढि ठाडो भएको बताएका छन् ।

उनले आफूले जसरीपनि प्रकाशमानलाई अब हराएरै छोड्ने दाबी गरेका छन् । उनले लेखेका छन्–‘अब तेस्रो पटक, अनाथ बालबालिकाको ’बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न “मुद्दा नै ढिसमिस गर्न खोज्ने“ तपाईँलाई नहराई त कहाँ छोडुँला र!’ मिश्रले फेशबुकमा प्रकाशमान सिंहकी दिदि रिता सिंह मुख्य आरोपी रहेको मुद्दा ढिसमिस पार्ने समाचार सेयर गर्दै कडा आक्रोश पोखेका हुन् । उनले फेशबुकमा लेखेका छन्–

एक्लै–एक्लै फाइट गर्ने?
एक्लै–एक्लै लडेको भए मैले तपाईँ (प्रकाशमान सिंह) लाई दुबै पटक आरामले हराइदिन्थेँ। तर के गर्ने सबै हतकन्डा अपनाएर, अर्काको बुइ चढेर जित्नुभयो। त्यो पनि बल्लबल्ल थोरैथोरै मार्जिनले।
तर चुनाव जितेर, उपप्रधानमन्त्री भएर के गर्नुहुन्छ? तपाईँको भन्दा मेरो नाक १०० गुणा बढी ठाडो छ। याद गर्नुभा’छ?
चुनाव जित्दैमा, मन्त्री÷प्रधानमन्त्री हुँदैमा इज्जत बढ्ने होइन। इज्जत बढ्न त त्यो अनुरूपको काम हुनुपर्छ, जुन तपाईँमा शून्य छ।
मेरा लागि दूरदराजका असल शिक्षकको इज्जत तपाईँजस्ता मन्त्री÷प्रधानमन्त्रीको भन्दा दशौँ गुणा बढी छ।
अब तेस्रो पटक, अनाथ बालबालिकाको ’बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न “मुद्दा नै ढिसमिस गर्न खोज्ने“ तपाईँलाई नहराई त कहाँ छोडुँला र!
जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ। यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला।
नया पत्रिकाको समाचारको अंशः
कार्यवाहक प्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य मुख्य आरोपी रहेको नेपाल बाल संगठनको जग्गा लिजमा लगाउँदा भएको हिनामिनासम्बन्धी मुद्दा प्रहरीले ढिसमिस पार्ने तयारी गरेको छ।
कांग्रेसकै नेता रमेश लेखक गृहमन्त्री रहेका वेला सिआइबीले यो बहुचर्चित मुद्दामा उनलाई जोगाउने प्रक्रिया अघि बढाएको हो । वैद्य बाल संगठनकी पूर्वअध्यक्ष हुन्।
३३ वर्षसम्म एकछत्र अध्यक्ष भएर संगठन चलाउने क्रममा वैद्यले संगठनको नक्सालस्थित २८ रोपनी पाँच आना जग्गा अनियमित तबरले लिजमा लगाएकी थिइन्।



प्रतिक्रिया दिनुहोस्