Logo

प्रहरी हिरासतमै दुर्गा प्रसाईंले थाले अनशन



काठमाडौं, ८ असोज । प्रहरीले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पतालको अनुरोधलाई पनि बेवास्ता गरेर सिंहदरबारको प्रहरी वृत्तमा राखेको भन्दै प्रसाईंको परिवारले आपत्ति जनाएको छ । साईबर क्राईममा पक्राउ परेका प्रसाईं क्यान्सर सर्भाईभर हुन् । उनलाई पक्राउ पर्नेबित्तिकै वीर अस्पताल भर्ना गरिएको थियो ।

आज सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको थियो । बयानको लागि सरकारी वकिलको कार्यालय लैजाने बेलामा अस्पतालले बयान सकिएपछि पूनः अस्पतालमा ल्याउन भनेको थियो । तर, प्रहरीले उनलाई सिंहदरबारस्थित् प्रहरी वृत्तमा राखेको छ ।

प्रसाईंका कानून व्यवसायीहरुले पनि स्वास्थ्यमा समस्या हुँदापनि प्रहरीले लापरवाही गरेको भन्दै आक्रोश पोखेका छन् । उनीहरुले स्वास्थ्यको कारण प्रसाईंको ज्यान नै तलमाथि पर्ने खतरा रहेको औंल्याएको छ । प्रसाईं काठमाडौंको महँगो निजी अस्पताल नभएर सरकारी अस्पताल वीरमा बसेका हुन् ।

प्रसाईंले प्रहरी वृत्तमै अनशन थालेका छन् । सरकारले अमानवीय व्यवहार गरेको भन्दै प्रसाईंले प्रहरी हिरासतभित्रै अनशन थालेको उनको परिवारले जनाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्