Logo

रवि लामिछानेले अनुसन्धान अवरुद्ध पार्न खोजेको शंकर पोखरेलको आरोप, सफाई नपाई क्लिन-चिटको प्रचार गर्नु गलत



काठमाडौं, ९ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले रास्वपाका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा क्लिन चिट पाएँ भनेर प्रचार गर्नु गलत भएको बताएका छन् । उनले अनुसन्धानको प्रक्रिया नै अवरुद्ध पार्ने काम गरेको र सफाई नपाईकन क्लिन चिट पाएँ भनेर प्रचार गर्नु गलत भएको दाबी गरे ।

धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले पत्रकारहरुसँगको कुराकानीमा लामिछानेले सहकारी ठगी प्रकरणमा यथाशक्य अनुसन्धानको प्रक्रियालाई बिना शर्त सघाउनुपर्ने धारणा राखे ।

उनले भने,‘अनुसन्धानलाई नै रोक्ने गरी जुन प्रकारका गतिविधि भइरहेको छ, यो कानुनी राज्यमाथिको उपहास हो,’ एमाले महासचिव पोखरेलले भने, ‘कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्