Logo

रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल



काठमाडौं, ९ असोज । रास्वपाबाट निश्काषनमा परेका डा. मुकुल ढकालले रास्वपाका सभापति रवि लामिछाने जेल जाने निश्चित् भएको बताएका छन् ।

उनले सहकारीको विषय लगभग टुँग्गिन लागेको भएपनि राहदानी दुरूपयोगको विषय बाँकी रहेको भन्दै त्यसको प्रमाणसमेत पेश गरेका छन् । ढकालले लामिछानेको दोहोरो राहदानीको मुद्दा टुँगो लागे लामिछानेले आजीवन निर्वाचन लड्न नपाउने पनि ठोकुवा गरेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्-

सहकारीको विषय लगभग टुङ्गिन लागेको छ । रवि लामिछाने जेल जाने निश्चित छ । अब कुरा गरौँ राहदानी दुरूपयोगको प्रमाणका बारेमा । ९ फागुन २०७० मा अमेरिकी नागरिकता र सोही वर्ष २१ फागुनमा अमेरिकी राहदानी लिएका रवि लामिछाने २२ जेठ २०७१ मा नातेदार भिसामा नेपाल आएका थिए । १३ जेठ २०७२ मा उनले पुरानै नागरिकता विवरण राखेर नेपाली राहदानी लिए । त्यसपछि उनले ४ जेठ २०७५ मा अमेरिकी नागरिकता र राहदानी त्याग्न दूतावासमा निवेदन दिएका थिए । १३ जेठ २०७२ देखि ४ जेठ २०७५ सम्म उनीसँग नेपाल र अमेरिका दुवै देशको राहदानी रहेको देखिन्छ । दोहोरो राहदानीको यो मुद्दा टुङ्गो लागे रवि लामिछाने आजीवन नेपालको कुनै पनि निर्वाचनमा भाग लिन पाउने छैनन् ।



प्रतिक्रिया दिनुहोस्