Logo

अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन आजदेखि



काठमाडौं, असोज १० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी सङ्गठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैै छ ।

क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार आजदेखि नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चारदिनसम्म सञ्चालन हुने सम्मेलनको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ । सम्मेलनको बन्दसत्र भोलि (शुक्रबार) विहान ८ बजेदेखि सुरु हुनेछ। बन्दसत्रमा विधान तथा प्रतिवेदन पेस हुनेछ। त्यसपछि समूह विभाजन गरी छलफलका लागि बन्दसत्र खुला गरिनेछ।

असोज १२ गते विधान प्रतिवेदनबारे समूहगत छलफल, निष्कर्ष तथा रिपोर्टिङ गरिनेछ। सोही दिन प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्नेछ। असोज १३ गते बिहान ८ बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान हुने छ ।



प्रतिक्रिया दिनुहोस्