Logo

कांग्रेस र एमाले मिल्दै छैनन्, यो सरकार कुहिएर झर्छ : प्रचण्ड



काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार छिट्टै ढल्ने दाबी गरेका छन् । अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रचण्डले कांग्रेस र एमाले मिलेर नबसेको दाबी गरेका हुन् । उनले ओली नेतृत्वको वर्तमान सरकार कुहिएर छिट्टै ढल्ने दाबी गरे ।

‘मैले कांग्रेस र एमालेलाई धन्यवाद भनेको छु । हामीलाई तिमीहरुले जनतातिर फर्काइदियौं । हामी जनतातिरै जान्छौं । तिमीहरु मिलेर बस । तर, उनीहरु मिल्दै छैनन् । केही समयभित्रै त्यो अपवित्र, अप्राकृतिक गठबन्धन कुहिएर झर्छ । त्यो बेला के गर्ने ? हामीले सोच्नुपर्ने स्थिति छ,’– उनले भने ।

उनले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएपनि वर्तमान सरकार कुहिएर झरेपछि के गर्ने भनेर सोच्नुपरेको बताए । उनले कांग्रेस–एमालेले भ्रष्टाचारीलाई बचाउन संख्याको बलमा आफूलाई प्रधानमन्त्रीबाट हटाएको बताए । Photo by: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्