Logo

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपतिबीच भेट



अमेरिका, असोज ११ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ । संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र जो बाइडेनबीच भेट भएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीसँगै र प्रथम महिला राधिका शाक्य पनि सहभागी थिइन् । प्रधानमन्त्री ओली शनिबार स्वदेश आइपुग्ने तालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्