Logo

आज दुई संसदीय समितिको बैठक बस्दै, यी हुन् एजेण्डा



काठमाडौं, असोज ११ । संघीय संसदअन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार अहिले बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्लाफाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तैगरी दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने संसद सचिवालयले जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्