Logo

रामकुमारी झाँक्री एमालेमा जाने भन्ने बेकारको कुरा हो, मलाई विश्वास छैन् : माधव नेपाल



काठमाडौं, १२ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीकी नेतृ रामकुमारी झाँक्री एमालेमा जाने भन्ने कुरालाई बेकारको हल्ला भनेका छन् । उनले झाँक्रीले पार्टी छोडेर एमालेमा जाने भन्ने कुरा आफूलाई विश्वास नलागेको बताए ।

हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले प्रेम आले, कृष्णकुमार श्रेष्ठलगायतले आफूलाई छोडेर एमालेमा जाने कुरालाई हावादारीको संज्ञा दिए ।

भानुभक्त जोशी र शेरबहदाुर कुँवरहरु पार्टी छोडेर जाने भनेर आफ्नो नाम आएकोमा बेस्सरी हाँसेको नेपालले सुनाए । उनले आफूले रामकुमारी झाँक्रीलाई नहराएको स्पष्टीकरण दिए । उनले पार्टी पदाधिकारीको निर्वाचनमा आफूले गुट नबनाएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्