Logo

बाढी प्रभावित परिवारको उद्धार तथा राहतमा जुट्न कार्यकर्ता पँक्तिलाई प्रभु साहको अपिल



काठमाडौं, १२ असोज । आम जनता पार्टी अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले अविरल बर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा जुटन पार्टीका नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।

बिहीबार साँझदेखि परिरहेको अविरल वर्षाका कारण देशैभरि ठुलोमात्रामा जनधनका साथै भौतिक पुर्बाधारको क्षति भएको छ । कतिपय परिवार घरबारविहीन भएका छन् ।

‘अविरल बर्षाले धेरै परिवार घरबार बिहिन भई खाने, बस्ने समस्यामा छ । बिहान के खाने, राति कहाँ सुत्ने पीडाले पीडित परिवारलाई तत्काल सहयोगको आवश्यकता छ । बाढीपहिरोले पीडित परिवारलाई उद्धार गर्न आवश्यक छ’ आजपा अध्यक्ष साहले भने,‘अविरल बर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा लाग्न आम जनता पार्टीका साथीहरुलाई म बिशेष अनुरोध गर्दछु ।’

साथै उनले पीडित परिवारलाई तत्काल उद्धार, सहयोग गर्दै खाने, बस्ने ब्यवस्थापन लगायत बिषयमा बिशेष ध्यान दिन तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् । आज शनिबार विभिन्न नदीहरुमा आएको बाढीले स्थानीय नागरिकहरु समस्यमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्