Logo

इजरायली हवाई हमलामा हिजबुल्लाह नेताको मृत्यु



काठमाडौं, असोज १३ । इजरायलले बेरुतमा गरेको हवाई हमालामा हिजबुल्लाह नेता हसन नसरल्लाहको मृत्यु भएको छ । नसरल्याहको मृत्युमा इरानमा पाँच दिने शोकको घोषणा गरिएको छ ।

इरानी सर्वोच्च नेता अयातोल्लाह खामेनीले हिजबुल्लाह नेताको मृत्युमा दुःख व्यक्त गर्दै शोक घोषणा गरेका छन्। हसनको मृत्युको बदला भने नलिने इरानी सर्वोच्च नेता खामेनीको भनाइ छ ।

इजरायली सैन्य कारवाहीमा हिजबुल्लाह नेता नसरल्लाहलाई मार्न सफल भएकोमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ऐतिहासिक मोड भन्दै सफलता प्राप्त गरेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले हिजबुल्लाह नेता हसन एक व्यक्तिको मृत्युले धेरै पीडितहरुका लागि न्याय हुने बताएका छन् । साथै उनले युद्धविरामका लागि आव्हान समेत गरेका छन्। इजरायल र हिजबुल्लाह बीच सीमापार युद्ध जारी छ ।



प्रतिक्रिया दिनुहोस्