Logo

झ्याप्लेखोलामा पुरिएको अवस्थामा बस फेला, तीन दिनदेखि सम्पर्कविहीन बस हुन सक्ने आशंका 



काठमाडौं, असोज १३ । काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ । पुरिएको अवस्थामा फेला परेकोको बसको नम्बर खुल्न सकेको छैन । अहिले डोजरको साहयताले पुरिएको बस निकाल्ने प्रयास भइरहको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस तीन दिनदेखि सम्पर्कविहीन रहेको दरौदी यातायात प्रालिले जनाएको छ । समितिका अध्यक्ष नारायण खत्रीका अनुसार शुक्रबार राति १० बजे काठमाडौं नजिक खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्कबाहिर रहेको छ ।

उक्त बस नै झ्याप्लेखोलामा गएको पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ । तर, बसको केही भाग मात्र देखिएकाले विस्तृतमा पुष्टि हुन सकेको छैन । बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन । बसमा चालक बसका साहु आफै, तिवारी थरका सह चालक र यात्रुहरू रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्