Logo

ऋषि धमलाद्धारा चणिकलाल तामाङ सम्मानित



काठमाडौं, १३ असोज । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले नख्खु खोलाले बगाएकाहरुको सफल उद्धार गर्ने काभ्रेका चणिकलाल तामाङलाई सम्मान गरेका छन् ।

हिजो (शनिबार) नै प्राइम टिभीको मुख्यालयमा बोलाएर धमलाले तामाङलाई खादा लगाएर सम्मान गरेका हुन् । सो क्रममा धमलाले तामाङको साहसिक कार्यको प्रशंसा गर्दै रियल हिरोको उपाधिसमेत दिए ।

धमलाले आज (आइतबार) विहान फेशुबकमा लेखेका छन्-

**साहसिक योद्धा चणिकलालजीलाई सम्मान**
नख्खु खोलामा आएको बाढीले बगाएकाहरुको उद्धार गरेर साहसिक कार्य गर्नुभएको काभ्रेका तेमाल– ९ का ३३ वर्षीय चणिकलाल तामाङलाई प्राइम टिभीमा “रियल-हिरो” उपाधिबाट सम्मान गर्न पाउँदा गौरवको अनुभूति गरेको छु । उहाँले आफ्नो ज्यानको कुनै परवाह नगरी दुई जनाको ज्यान जोगाउनुभएको छ । राज्यले पनि उहाँलाई यथाशक्य सम्मान गर्नुपर्छ । चणिकलालजीको व्यक्तिगत र व्यवसायिक जीवन सुखमय बनोस । साथै, सु(स्वास्थ्य र दीर्घायुको कामना पनि गर्दछु ।



प्रतिक्रिया दिनुहोस्