Logo

भीमार्जुनको टिप्पणी : सरकार नामको कुनै चीज यो देशमा छ जस्तो लागेन



काठमाडौं, १३ असोज । वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डा. भीमार्जुन आचार्यले अहिले देशमा सरकार नै नभएको टिप्पणी गरेका छन् । उनले मौसमविद्हरुले सम्भावित खतराको जानकारीर चेतावनी समयमै दिँदापनि देशमा भएका तीन तहका सरकारको जिउँदो उपस्थिति कहीँकतै नदेखिएको उनको आरोप छ ।

उनले आफू बुवाको तिथिको लागि सडकमार्ग हुँदै गृहजिल्ला दाङ पुगेको उल्लेख गर्दै नारायणगढ बुटवल खण्डको सडकको अवस्था देख्दा त देशमा सरकार नामको कुनै चीनै नै छैन जस्तो लागेको टिप्पणी गरेका छन् ।

आचार्यले फेशबुकमा लेखेका छन्-

यसपटक मौसमविद्हरूले सम्भावित खतराको जानकारी र चेतावनी समय मै दिएका थिए। यसका बाबजुत कुनै पनि तहका सरकारको जिउॅंदो उपस्थिति कहिंकतै देखिएन। बुवाको तिथिकालागि सडकमार्गबाट म दाङ आएको छु।नारायणगढ बुटवल खण्डको सडक अवस्था देख्दा सरकार नामको कुनै चीज यो देशमा छ जस्तो लागेन। यो सडक यस पटकको विपतले यस्तो हालत बनाएको होइन । सरकार बिहिनताका कारण वर्षो देखि यही हालतमा छ । विपतको समयमा संयमता त अपनाउ तर शासन सत्तालाई यो हदसम्मको उन्मूक्ति नदिउॅं । सबैतिरबाट खबरदारी गरौं ।



प्रतिक्रिया दिनुहोस्