Logo

कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न कृषिमन्त्री अधिकारी निर्देशन



काठमाडौँ, १३ असोज ।कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषिक्षेत्रमा भएको क्षति विवरण सङ्कलन गरी थप रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतिका सम्बन्धमा आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकस्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के–कति क्षति पु¥याएको छ यसको वास्तविक तथ्याङ्क चाँडो सङ्कलन गर्न निर्देशन दिएका हुन्।

मन्त्री अधिकारीले भने, “बाढीले थुप्रै कृषिउपजमा क्षति पु¥याएको सुनिएको छ, यसलाई सम्बोधन गर्न आवश्यक छ ।” बैठकमा क्षतिको यकिन तथ्याङ्क चाँडो सङ्कल नगरी आगामी रणनीति बनाउने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । रासस/file photo



प्रतिक्रिया दिनुहोस्