Logo

चिनियाँ राजदूतले भेटे प्रधान सेनापति सिग्देल, के कुरा भयो ?



काठमाडौं, १३ असोज । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चिनियाँ राजदूत सेन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा द्धिपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ ।

उक्त भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।



प्रतिक्रिया दिनुहोस्