Logo

मन्त्री सुडीद्वारा उद्धार, राहत र पुनःस्थापनका लागि आग्रह



काठमाडौँ, १४ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बाढीपहिरो र डुबानमा परेकालाई तत्काल उद्धार, राहत र पुनःस्थापनामा सहयोग पु¥याउन गैरसरकारी सङ्घसंस्थाहरुलाई आग्रह गरेका छन् ।

समाज कल्याण परिषद्का अध्यक्षसमेत् रहेका सुडीले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको उद्धार तथा राहतमा जुट्न गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका हुन् ।

मन्त्री सुडीले आइतबार आकस्मिक बैठक आयोजना गरी मुलुकमा पछिल्लो केही दिनयता अकल्पनीय विपद्को सामना गर्नुपरेको बताए । विगतमा बाढी नआउने क्षेत्रमासमेत बाढीपहिरोको समस्या देखिएकाले उनले यसपटक काठमाडौँले ठूलो बाढीको सामना गर्नुपरेको बताए । “यसपटक निकै विकराल अवस्था देखिएको छ, धनजनको क्षति ठूलो मात्रामा भएको छ, क्षतिको पूर्ण विवरण आउन बाँकी छ”, मन्त्री सुडीले भने ।

जिल्लामा विपद् व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासनलाई दिइएकाले उनीहरूमार्फत दोहारो नपर्ने गरी योगदान गर्न उनले निर्देशन दिए । रासस/file photo



प्रतिक्रिया दिनुहोस्