Logo

एभरेष्ट महिला भलिबल लिग आजदेखि



काठमाडौं, असोज १४ । इन्फिनिटी ड्रिम्सको आयोजनामा नेपालमा पहिलो पटक हुनलागेकाे एभरेस्ट महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आजदेखि नेपालको पहिलो फ्रेन्चाइ लिग भलिबल शुरु हुन लागेको हो ।

उद्घाटन खेलमा आज दिउँसो पौने ४ बजे काठमाडौ स्पाइकर्सले ललितपुर क्विन्ससँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै आजै बेलुका पौने ६ बजे मधेश युनाइटेडसँग कर्णाली यस्भिस खेल्दैछ ।

राति पौने ८ बजे चितवन शक्ति र गण्डकी थन्डर्स भिड्दैछन् । यही असोज १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मधेस युनाइटेड, काठमाडौ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थन्डर्स, कर्णाली यस्विसले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा उच्चस्तरका विदेशी खेलाडीको सहभागिता रहने छ । ्

यस लिगका लागि हरेक टोलीमा १२ खेलाडी छन् । राउन्ड रोविन लिगका खेलपछि तालिकाको शीर्ष दुई टोलीबिच असोज १९ मा फाइनल खेल हुने छ ।



प्रतिक्रिया दिनुहोस्