Logo

अमेरिकी दूतावासले भन्यो : नेपाली जनताको दिगो र समृद्ध भविष्य सुनिश्चित् गर्न मिलेर काम गर्नेछौं



काठमाडौं, १४ असोज । नेपालस्थित् अमेरिकी दूतावासले नेपाली जनताको दिगो र समृद्ध भविष्य सुनिश्चित् गर्न मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छ। संयुक्त राष्ट्र संघको ७९औं महासभामा सहभागी भएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सो क्रममा अमेरिकी राष्ट्रपति जोड बाइडेनलगायतसँग गरेको भेटवार्ताको चर्चा गर्दै दूतावासले ती भेटघाटले दुई देशबीच बलियो द्धिपक्षीय सम्बन्धको साथै नेपालका जनताको लागि दिगो र समृद्ध भविष्य सुनिश्चित् गर्न नेपालसँग मिलेर काम गर्ने आफूहरुको प्रतिबद्धतामाथि पूनः जोड दिएको उल्लेख गरेको छ ।

दूतावासले आफ्नो फेशबुक पेजमा लेखेको छ–

संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभा (UNGA) मा सहभागी हुन गरिएको अमेरिका भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री सम्माननीय के.पी. शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेन, युएसएआइडीकी प्रमुख समान्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशनकी सीईओ एलिस अल्ब्राइट र यु.एस. इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनकी डेप्युटी सीईओ निशा बिस्वालसँग भेट गर्नुभयो। यी भेटघाटहरूले अमेरिका र नेपालबिचको बलियो द्विपक्षीय सम्बन्धका साथै नेपालका जनताको लागि दिगो र समृद्ध भविष्य सुनिश्चित गर्न नेपालसँग मिलेर काम गर्ने हाम्रो प्रतिबद्धतामाथि पुनः जोड दिएका छन्।



प्रतिक्रिया दिनुहोस्