Logo

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको तयारी



काठमाडौं, १४ असोज । सर्वोच्च अदालत प्रशासनले नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ताको तयारी गरेको छ। घिमिरेले केही दिनअघि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेन गरेर न्यायाधीश नियुक्तीको सिफारिश गरेको अभिव्यक्ति दिएका थिए ।

उनले उक्त अभिव्यक्ति दिएकै बेलामा पनि आफूलाई अवहेलना मुद्दा लगाएर थुन्न चूनौति दिएका थिए । न्याय परिषदको बैठक बसिरहेको बेलामा बैठकस्थल बाहिर बारको आन्दोलनको नेतृत्व गर्दै घिमिरेले यस्तो गम्भी आरोप लगाएका थिए ।

घिमिरेको उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको सर्वोच्च प्रशासनको ठहर छ । प्रधानन्यायाधीश श्रेष्ठले नै यसमा चासो देखाएपछि प्रशासनले आजै घिमिरेविरुद्ध प्रतिवेदन तयार पारेर रिट दर्ताको तयारी गरेको सर्वोच्च अदालतनिकट उच्च स्रोतले जानकारी दियो ।

रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार मोहन बुढाथोकीसँगको कुराकानीमा घिमिरेले आफूविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता हुन लागेको जानकारी प्राप्त भएको स्विकारे । उनले न्यायपरिषद्को स्वेच्छचारिताविरुद्ध आफूहरुले विगत एक वर्षदेखि संघर्ष गरेको स्मरण गराए । उनले भने,‘यो दौरानमा हामीहरुले बोलेको विषयमा खासगरी मैले बोलेको विषयमा अदालतको अवहेलनामा मुद्दा दर्ता गर्न लागिएको छ । यद्धपी मलाई अहिलेसम्म पत्र हात परेको छैन् । तर, म मुद्दा फेश गर्छु ।’ file photo



प्रतिक्रिया दिनुहोस्