Logo

अदालतको अवहेलनामा मुद्दा दर्ता हुन लाग्दा बार अध्यक्ष घिमिरेको प्रतिक्रिया : म फेश गर्न तयार छु



काठमाडौं, १४ असोज । नेपाल बार एशोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता हुने मुद्दा फेश गर्न आफू तयार रहेको प्रतिक्रिया दिएका छन् । आफूहरुले न्यायपरिषद्को स्वेच्छचारिताविरुद्ध विगत एक वर्षदेखि संघर्ष गरेको पनि उनले स्मरण गराए ।

उनले दिएको अभिव्यक्तिको आधारमा सर्वोच्च अदालत प्रशासनले आजै उनीविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गर्न लागेको छ । सो कुरा बाहिरिएपछि घिमिरेले आफू मुद्दा फेश गर्न तयार रहेको पहिलो प्रतिक्रिया दिए ।

रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार मोहन बुढाथोकीसँगको कुराकानीमा घिमिरेले आफूविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता हुन लागेको जानकारी प्राप्त भएको स्विकारे । उनले न्यायपरिषद्को स्वेच्छचारिताविरुद्ध आफूहरुले विगत एक वर्षदेखि संघर्ष गरेको स्मरण गराए ।

उनले भने,‘यो दौरानमा हामीहरुले बोलेको विषयमा खासगरी मैले बोलेको विषयमा अदालतको अवहेलनामा मुद्दा दर्ता गर्न लागिएको छ । यद्धपी मलाई अहिलेसम्म पत्र हात परेको छैन् । तर, म मुद्दा फेश गर्छु ।’ file photo



प्रतिक्रिया दिनुहोस्