Logo

अहिलेका मन्त्रीहरुले बिग्रिएका कुराहरु चुप लागेर सच्याउँदै हुनुहुन्छ : मिन विश्वकर्मा (भिडिओसहित)



काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मिनबहादुर विश्वकर्माले यसअघिको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले उत्ताउलो काम गरेकोले अहिलेको सरकार बनेको दाबी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन

उनले भने,‘अहिलेको सरकारले डेलिभरी दिन सक्यो कि सकेन भन्ने कुरामा मैले पनि ऋषिजीले जस्तै छिटपुट सुनेको छु, यो भन्दा अगाडिका सरकारहरुले केही उत्ताउलो गतिविधि गरेको कारणले, यो गर्छु त्यो गर्छु भनेर हल्ला गर्ने तर काम नगर्ने गरेको हुनाले नै यो सरकार बनेको हो । अहिलेको सरकारले हल्ला गर्दैन् । हाइफाई देखाउँदैन् । यो सरकार उत्ताउलो र उच्छृंखल गतिवधि गर्दैन् । यो सरकार जनतालाई नहुने कुराको भाषण गरेर विषयवस्तु अर्कोतिर मोड्दैन् । अहिले बनेका मन्त्रीहरुले जे जे बिग्रेको छु, सच्याउँदै मिलाउँदै सक्ने काम चुप लागेर गर्दै हुनुहुन्छ । नसक्ने काम उहाँहरुले बोल्नुभएको छैन् ।’

उनले पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा महासमिति बैठकमा पेश गरिएको प्रस्तावहरु केन्द्रीय समितिबाट सर्वसम्मत् रुपमा पारित गर्ने सहमति भएको स्पष्ट पारेका छन् । उनले अब कांग्रेसले २०८४ को निर्वाचन र त्यसपछिका निर्वाचनहरु पनि एक्लै लड्ने कुरामा कुनै द्धिविधा नभएको बताएका छन् ।

उनले भने,‘तर, यो रणनीतिको विषयलाई नीतिमा कसरी लेख्ने रु भन्ने विषय हो । त्यसमापनि हामी सहमतिनजिक पुगेका छौं । अर्को, महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको प्रस्तावको सवालमा पनि १, २, ३, ४ भनेर जुन फर्मुला बनेको छ, यो सुन्दा राम्रो सुनिन्छ । यसमा पनि हामी सहमति हुन्छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्