Logo

प्रस्तावित राजदूतहरुको सुनुवाई सुरू, पहिलो सुनुवाई चीनका लागि प्रस्तावित राजदूत ओलीको (फोटोफिचर)



काठमाडौं, १६ भदौ । आजबाट विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई सुरु भएको छ । अहिले चीन्का लागि नेपाली राजदूतमा प्रस्तावित प्रा. डा. कृष्णप्रसद ओलीको सुनुवाई सुरु भएको छ । ओलीको सुनुवाईलगत्तै भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माको सुनुवाई हुनेछ ।

सो क्रममा उनले आफूले चीनमा राजदूतको रुपमा काम गर्दा नेपालको हित केन्द्रित रहेर काम गर्ने भन्दै विस्तृत कार्ययोजनासमेत लिखित रुपमा पेश गरेका छन् । जसमा उनले नेपालको स्वाधीनता, राष्ट्रिय सुरक्षा, अक्षुण्णता, दिगो शान्तिका लागि कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने योजना राखेका छन् ।

राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखी अन्तर्राष्ट्रिय सम्बन्ध विकास एवं विस्तार गर्न द्धिपक्षीय सहयोग र सहयोग अगाढि बढाउने पनि उनको योजना छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्