Logo

मेयर बालेनलाई भारतीय खुफिया एजेन्सीको निर्देशनमा काम गरेको एमाले विद्यार्थी नेताको आरोप



काठमाडौं, १६ भदौ । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि गम्भीर आरोप लगाएका छन् । मेयर शाहले एमालेकी प्रदेश सांसद रेखा शर्मालाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेपछि विद्यार्थी नेता बडालले मेयर शाहमाथ खुफिया एजेन्सीसँगको निर्देशनमा काम गरेको गम्भीर आरोप लगाएका छन् ।

उनले सांग्रिला होटेल पछाडि घर भाडा लिएर दैनिक भारतीय खुपिया एजेन्सीको निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्ने काम गरेको भन्दै बालेनलाई त्यो काम बन्द गर्न भनेका छन् । उनले नेपाली जनताले बालेनको असलियत बुझ्ने दिन धेरै टाढा नभएको पनि लेखेका छन् ।

यस्तो बडालको फेशबुकमार्फत सार्वजनिक धारणा-

काठमाण्डौ महानगरको मेयर बालेनजि साङ्ग्रिला होटेल पछाडी घर भाडा लिएर दैनिक भारतिय खुफिया एजेन्सीसगको निर्देशनमा नेपाली जनताको आखामा छारो हाल्न बन्द गर्नुस्। नेपाली जनताले तपाइको असलियत बुझ्ने दिन धेरै टाढा छैन्।



प्रतिक्रिया दिनुहोस्