Logo

तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं, भदौ १७। आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। आज कानुन, न्याय तथा मानव अधिकार, राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति (सयुक्त) र संसदीय सुनुवाइ समिति (संयुक्त) समितिको बैठक बस्न लागेको हो ।

अहिले बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) समितिको बैठकमा विभिन्‍न देशका लागि प्रस्तावित नेपाली राजदूतहरुको सुनुवाइ गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

दिउँसो ३ बजे बस्ने राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनाका सन्दर्भमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्यहरू तथा नेपाल सरकारका मुख्यसचिवसँग छलफल हुने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्