Logo

नेपालले आज श्रीलंकासँग अभ्यास खेल खेल्दै



काठमाडौं, भदौ १८ । नेपाली टोलीले आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दैछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि श्रीलंका पुगेको नेपाली टोलीले नेपाली समयअनुसार अहिले बिहान सवा १० बजे पहिलो खेल खेल्न लागेको हो ।

नेपालले दोस्रो खेल बुधबार र अन्तिम खेल बिहीबार खेल्नेछ । यसअघि दोस्रो खेल बिहीबार र तेस्रो तथा अन्तिम खेल शनिवार हुने तय भएकोमा नेपाल क्रिकेट सङ्घ ९क्यान० ले हिजो विज्ञप्ती निकालेर खेलतालिका परिवर्तन भएको जानकारी दिएको हो ।

यस अभ्यास खेल पछि नेपाली टोली क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।



प्रतिक्रिया दिनुहोस्