Logo

अर्थसहित तीनवटा समितिको बैठक बस्दै



काठमाडौं, भदौ १८ । आज संघीय संसदका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । अहिले बिहान १० बजे बस्ने अर्थ समितिको बैठक बैठकमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुँदैछ ।

यस्तै, १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्री आरजु राणा देउवाबाट हालै सम्पन्न भारत भ्रमण र राजदूत नियुक्ति सम्बन्धमा छलफल हुँदैछ ।

बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको आजको बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्