Logo

परराष्ट्रमन्त्री राणाको भारत भ्रमणबारे एमाले सांसद भीम आचार्यको टिप्पणी : हात मिलाउनु ठूलो कुरा होईन



काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का सांसद भीम आचार्यले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणको उपलब्धि मागेका छन् । प्रतिनिधिसभाको आज (मंगलबार) बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा एमाले सांसद आचार्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हात मिलाएरमात्रै उपलब्धि नहुने भन्दै के के विषयमा छलफल भएको हो भनि प्रश्न गरेका थिए ।

उनले बैठकमा भनेका थिए,‘कुन परियोजनाले ब्रेक थ्रु गर्‍यो, त्यो चाहियो। पन्चेश्वरको विषयमा ठोस कुरा के भयो ? भ्रमणका क्रममा भेटवार्ता भएको अनि हात मिलाएको मात्रै प्रचार हुन्छ। यो प्रचार गरिनु ठूलो कुरा होईन। के भयो विषय महत्त्वपूर्ण कुरा हो।’

तर, कांग्रेस सांसद विमलेन्द्र निधिले भने भारतले परराष्ट्रमन्त्री राणालाई ठूलो स्वागत र महत्व दिएको बताएका थिए । उनले भारतले मन्त्री राणालाई प्रधानमन्त्रीसरहको ट्रिट गरेको धारणा राखेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्