Logo

भ्रष्टाचार नियन्त्रण गर्न कांग्रेस र एमाले मिल्यौं : गृहमन्त्री रमेश लेखक



काठमाडौं, १८ भदौ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई राजनीतिक स्थायित्व र सुशासन दिलको लागि कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाएको स्पष्ट पारेका छन् ।

मन्त्री लेखकले विगतमा पनि दुई दल मिल्दा देश र जनताको हितमा राम्रो नतिजा निकालिएको स्पष्ट पारे । कैलालीको धनगढीमा रहेका मन्त्री लेखकले कांग्रेस र एमालेको सरकार बनेलगत्तै मुलुक सही दिशामा अघि बढेको र शिथिल अर्थतन्त्रलाई चलायमान बनाईएको विश्वास दिलाए ।

यस्तै, उनले भष्ट्राचार नियन्त्रण गरेर सुशासन कायम गर्न र विकास निर्माणका गतिविधिलाई द्रुत गति दिन तथा मुलुकमा विधिको शासन स्थापना गर्न नयाँ समीकरण बनेको स्पष्ट पारे । तर, संसदका पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य नहुने उनको धारणा थियो ।



प्रतिक्रिया दिनुहोस्