Logo

संसदीय समितिले भन्यो : राजदूत सिफारिश गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान देउ




काठमाडौं, १८ भदौ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिन निर्देशन दिएको छ ।

समितिका सभापति राजकिशोर यादवको अध्यक्षतामा आज (मंगलबार) बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिको आजको बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणाको हालैको भारत भ्रमणको सम्बन्धमा छलफल भएको थियो ।

यस्तै, राजदूत नियुक्तीको विषयमा पनि छलफल हुँदा समितिले ‘नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदूत नियुक्ती सम्बन्धी निर्देशिका २०७५ लाई मध्यनजर गरी नेपाली सरकारले आगामी दिनमा विभिन्न मुलुकका लागि नेपाली राजदूतको पदमा सिफारिश गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिश गर्न नेपाल सरकारको ध्यानाकार्षण गराउने निर्णय भएको समितिका सभापति यादवले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्