Logo

सरकारले गफमात्रै गरेको भन्दै चन्द्र भण्डारीले गरे कडा आलोचना, काँध थाप्न नसक्ने टिप्पणी



काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनले सरकार यही तरिकाले अघि बढेमा व्यवस्था संकटमा पर्नसक्ने चेतावनी दिए । आज (मंगलबार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारको कारण व्यवस्थामाथि नै संकट आउनसक्ने खतरा औंल्याए ।

उनले सरकारलाई गफ नगरी काम गर्न सुझाव दिए । सम्बोधनको क्रममा उनले भने,‘अहिलेको सरकार यही तरिकाले जान्छ भने लोकतान्त्रिक व्यवस्थामाथि पनि संकट निम्तिन्छ । त्यसबेला संकट नेतृत्वमाथि पनि पर्छ । संकट मुलुकमाथि पनि पर्छ, त्यही भएर सरकारले गफ होईन, काम गरेर देखाउनुपर्छ ।’

उनले आफूपनि व्यवस्था परिवर्तनको लागि लडेको र जेल बसेको नेता भएको स्मरण गराए । उनले भने,‘म पनि व्यवस्थाका लागि लडेको व्यक्ति हुँ । पाँच वर्ष जेल बसेँ । पिटाई पनि खाएँ । तर, नेतृत्वको इच्छाशक्ति नहुँदा काम गरौँ भन्दा पनि हामीले जवाफ दिनुपर्ने ? यो भारी अब हामी बोक्न सक्दैनौँ ।’ उनले अहिले अर्थतन्त्र चलायमान हुन नसकेको र यसको दोषी पनि सरकार नै भएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्