Logo

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, कहाँ-के विषयमा हुँदैछ छलफल?



काठमाडौं, भदौ १९ । ङ्घीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ। जस अन्तर्गत अहिले बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ। बिहान ११ बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ।

यसैगरी, दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विज्ञसँग छलफल हुँदैछ ।

दिउँसो २ बजे बस्ने नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८०–८१ को पाँचौँ वार्षिक प्रतिवेदनमाथि छलफल सङ्घीय संसद् सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्