Logo

म जन्मिएकै भ्रष्टाचारको विरोध गर्नको लागि हो : ऋषि धमला



काठमाडौं, १९ भदौ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले आफू जन्मिएकै भ्रष्टाचारको विरोध गर्नको लागि भएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) आयोजित साक्षात्कार कार्यक्रमको सुरु गर्ने क्रममा उनले देशको पछिल्लो अवस्था खासगरी सडकको दुरावस्थाको बारेमा चित्रण गरेका थिए ।

उनले चाडपर्व सुरु भएकोले दशैं, तिहार र छठलगायतका चाडमा जनताले सुरक्षित र सहज रुपमा यात्रा गर्न पाउनुपर्ने माग राखे । तर, सरकारले यस्ता कुरामा ध्यान नदिएको भन्दै भृकुटीमण्डपको गेटबाट क्लबको भवन परिसरसम्म पुग्न सडक सरकारले नबनाउने भएपछि आफ्नै पहलमा बनाउनेपनि धमलाले घोषणा गरे ।

उनले आफू भ्रष्टाचारको विरुद्धमा बोल्न नडराउने टिप्पणी गरे । उनले भने,‘के को डर ? ऋषि धमला जन्मिएकै भ्रष्टाचारको विरोध गर्नको लागि हो । ढुक्क हुनुहोस, मैले मेरो जीवनमा लिन नै केही छैन् । मलाई तपाईहरु भए पुग्छ । मलाई ठूलो र महँगो गाडी चढ्नु छैन् । मलाई ठूलो भवन (महल) मा बस्नुछैन् । मलाई जनता खुशी पार्ने पत्रकारिता गर्नुछ । म नेपाली जनताको पक्षमा छु । नेपाली पत्रकारिताको विकासको पक्षमा छु । नेपाली पत्रकारहरुको साथमा छु । विकार र समृद्धिको पक्षमा छ ।’

उनले आफू श्रमजिवी पत्रकारहरुको पक्षमा रहेको बताए । र, आज मिडिया सञ्चालन गर्ने भएपनि फिल्डमा पुगेर रिपोर्टिङ गर्ने गरेको धमलाले सुनाए ।



प्रतिक्रिया दिनुहोस्