Logo

अर्थसहित चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं, भदौ २० । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतका चारवटा संसदीय समितिको बैठक आज बस्दै छन्। जसअन्तर्गत अहिले बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा दफावार छलफल हुँदैछ ।

त्यस्तै ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यसैगरी ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

आज दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्