Logo

सरकारप्रति जनताको ठूलो आशा र भरोसा जागेको एमालेको दाबी



काठमाडौं, २० भदौ । नेकपा (एमाले) ले अहिले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि जनतामा ठूलो आशा र भरोसा बढेको दाबी गरेको छ । हिजो (बुधबार) सम्पन्न भएको पोलिटब्यूरो बैठकले सरकारप्रति अहिले जनतामा आशा बढेको निश्कर्ष निकालेको हो ।

बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ,‘सरकारप्रति जनताको ठूलो आशा र भरोसा छ । यो बैठक सरकारलाई दुध उत्पादक किसानहरूको बक्यौता रकम तत्काल उपलब्ध गराउन, उखु किसानहरूका समस्या सम्बोधन गर्न, सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्न, सहकारीको रकम अपचलनमा सङ्लग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउन, जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछिको पुनर्निर्माणको कामलाई तिब्रता दिन, चाडबाडको मुखमा कालोबजारी, कृत्रिम अभाव र मिसावटका माध्यमबाट उपभोक्ताहरू ठगिने स्थिति अन्त्य गर्न, कर्णाली राजमार्ग लगायत बिग्रे भत्केका सडकहरूको यथाशीघ्र मरम्मत सम्भार गरी नागरिकहरूको आवागमन सहज र वस्तु तथा सेवाहरूको निर्बाध आपूर्ति गर्न तथा डेङ्गु प्रकोपलाई नियन्त्रण गर्न ध्यानाकर्षण गर्दछ । केन्द्रीय विभागहरूका तर्फबाट तयार गरी गत साउन ४ गते सम्माननीय प्रधानमन्त्री समक्ष प्रस्तुत गरिएका पार्टीका सुझावहरू तथा ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’का क्रममा नागरिकहरूबाट प्राप्त गरी तत्कालीन सरकारलाई बुझाइएका मागहरूको योजनाबद्ध, प्रभावकारी र शीघ्र कार्यान्वयनका लागि पनि सरकारको ध्यानाकर्षण गर्दछ ।’



प्रतिक्रिया दिनुहोस्