Logo

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त



काठमाडौं, २१ भदौ । मन्त्रिपरिषद्को बैठकले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) मा संगीता पहाडीलाई नियुक्त गरेको छ ।

हिजो (बिहीबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षको लागि सो पदमा नियुक्त गरेको हो ।

यस्तै, सरकारले नेपाल पर्यटन बोर्डको सिईओमा दीपकराज जोशीलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्