Logo

तीजको दिन सुनको मूल्यमा नयाँ रेकर्ड



काठमाण्डौं, भदौ, २१ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज हरितालिका तीजको दिनमा तोलामा एक हजार तीन सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

लगातार चार दिनदेखि स्थिर रहँदै तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलाको एक लाख ५३ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको भदौ १३ गते अहिलेसम्मकै उच्च तोलामा एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ ३० रुपैयाँ बढेको छ । विहिबार एक हजार सात सय ६५ रुपैयाँ रहेको चाँदी आज तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्