Logo

विद्यार्थीहरुले स्थानीय तहमा छात्रवृत्ति पाए/नपाएको अब सरकारले अनुगमन गर्छ : प्रधानमन्त्री ओली



काठमाडौं, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा पठाएको छात्रवृत्तिको अनुदान रकम विद्यार्थीहरुले पाए नपाएकोबारे अब सरकारले अनुगमन गर्ने बताएका छन् । केपी शर्मा ओली नामक फेशबुक पेजमार्फत ओलीले यस्तो जानकारी गराएका हुन् ।

उनले सामूदायिक विद्यालयमा कक्षा ६ देखि १० का विपन्न विद्यार्थीहरुको लागि वार्षिक १८ हजार र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिईएको उल्लेख गरेका छन् । यसरी जम्मा ६० करोड अनुदान दिईएको उनले तथ्यांक साझा गरेका छन् ।

प्रधानमन्त्री ओलीले फेशबुकमा लेखेका छन्-

सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको छ । सबै स्थानीय तहमा विद्यार्थीहरुले छात्रवृत्ति पाएरनपाएको अब सरकारले अनुगमन गर्ने छ ।
सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरुको लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको छ । यसका लागि रु ६० करोड अनुदान दिएको छ ।
दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचिकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रति विद्यार्थी वार्षिक १ हजार देखि ३ हजार ५ सय रुपैयाँसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको छ । गैर आवासीय छात्रवृत्ति अन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउने छन् । यसका लागि ५९ करोड रुपैयाँ रकम विनियोजन भएको छ ।
शैक्षिक दृष्टिले पछि परेका समुदाय, अति बिकट हिमाली जिल्लाका विद्यार्थी लगायत ७ वटा लक्षित समुहका ११ हजार ४ सय विद्यार्थीको लागि मासिक ५ हजारका दरले आवासीय छात्रबृत्ति प्रदान गरिएको छ ।
माथि उल्लेखित छात्रवृति रकम प्रत्येक स्थानीय तहका प्रति विद्यार्थी लागत हिसाव गरी ससर्त अनुदानमा वित्तीय हस्तान्तरण गरिएको छ । यस सम्बन्धि कार्यविधि शिक्षा मन्त्रालयको वेबसाइटमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्