Logo

यस्तो छ तीज र गणेश चतुर्थी पर्वमा राजेन्द्र महतोको शुभकामना



काठमाडौं, २१ भदौ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले हरितालिका तीज तथा मधेश क्षेत्रमा मनाईने महान पर्व गणेश चतुर्थी (चौठचन्द्र) को शुभकामना दिएका छन् ।

तीज, गणेश चतुर्थीजस्ता पर्वहरुले सबै नेपालीहरुको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने काम गरेको विश्वास दिलाएका छन् ।

उनको शुभकामना सन्देशमा भनिएको छ–‘यस पर्वहरुले समाजमा विद्यमान विभेदलगायत सबै प्रकारका असमानताहरुको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस भन्ने शभेक्षा व्यक्त गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्