Logo

कर्मचारीलाई प्रधानमन्त्री ओलीको निर्देशन, ‘भ्रष्टाचार गर्ने नेताहरुको सूची राख्नुस्’



काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारजस्तो पापमा सहभागी नहुन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । उनले आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने दाबी गरे । निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘तपाईंहरु कतै प्रयोग नहुनुस्। भ्रष्टाचार जस्तो पाप र दुष्कर्ममा सहभागी नहुनुस्। तपाईँहरूलाई प्रयोग नगरी नेताहरुले पनि भ्रष्टाचार गर्न सक्दैनन्। भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुस्। भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरुले ठूला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छु भनेर मुसुक्क हाँसिदिनुस्। म चुनौती दिएर भन्छु– म आफू पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिइन्नँ।’

सो क्रममा उनले अहिले नियोजित र प्रायोजितरुपमा अराजकता सिर्जना गर्ने काम भएको भन्दै आक्रोश पोखे । उनले सरकारविरुद्ध हल्ला चलाउन खोजिएको भन्दै असन्तुष्टि पोखे । उनले भने,‘अहिले नियोजित र प्रयोजितरुपमा अराजकता सिर्जना गर्ने र सरकारविरुद्ध हल्ला चलाउन खोजिएको छ। सरकारको विरोध गर्नु भनेको केही नगरीकन प्राप्त हुने बहादुरी जस्तो भएको छ। वास्तवमा यस्तो विरोध नेपाली संस्कारभित्र पर्दैन।’



प्रतिक्रिया दिनुहोस्