Logo

अहिले माओवादी सरकार बनाउने खेलमा लाग्दैन् : प्रचण्ड



काठमाडौं, २३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले आफ्नो दल सरकार बनाउने खेलमा नलाग्ने बताएका छन् । आज (आइतबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

उनले सरकारबाट बाहिरिएपछि आफूसामू पार्टी बनाउने अवसर प्राप्त भएको भन्दै तत्काल सरकार बनाउने वा भत्काउने खेलमा नलाग्ने स्पष्ट पारे । सो क्रममा उनले आफ्नो अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले असभ्य भनेर गरेको टिप्पणीको विरोध गरे ।उनले आफ्नो नभएर प्रधानमन्त्री ओलीको नै कार्यशैली असभ्य भएको आरोप लगाए ।

उनले भने,‘को सभ्य को असभ्य भन्ने कुरा तपाईंहरुले सुनिरहनुभएको छ नि, मैले त प्रतिनिधिसभामा नै भनेको थिएँ यति झुट, बेइमानी अनैतिकता, जालझेलको तरिकाले अपनाउनुभयो नि उहाँले मैले बोलेको के असभ्य भयो र ? उहाँले गर्दा असभ्य नहुने, मैले असभ्य गर्नुभयो उहाँले भन्दा असभ्य हुन्छ र ?’ file photo



प्रतिक्रिया दिनुहोस्