Logo

चौतर्फी दबाब बढेपछि साझा न्यूनतम कार्यक्रमको तयारीमा जुटे कांग्रेस–एमाले नेताहरू



काठमाडौं, २४ भदौ । सरकार गठन भएको दुई महिना पुग्न लाग्दासमेत सरकारको न्यूनतम साझा कार्यक्रम नआएपछि आलोचना सुरु भएपछि कांग्रेस र एमाले नेताहरु त्यसको तयारीमा जुटेका छन् । खासगरी कांग्रेस सभापति शेरबहादुर देउवाले नै चासो राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसमा ईच्छा देखाएका हुन् ।

सुरुमा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति नै साझा कार्यक्रम बताउने प्रधानमन्त्री ओलीले हिजोबाट भने नयाँ नीति तथा कार्यक्रम ल्याउनेगरि तयारी थालेका छन् । त्यसको लागि आजै सत्ता गठबन्धनका नेताहरुको बैठक बोलाईएको छ ।

हिजो बालुवाटारमा कांग्रेस नेतृत्व र एमाले नेतृत्वबीच छलफल भएको थियो । सो छलफलमा तत्काल सत्ता गठबन्धनका नेताहरुको बैठक बसेर न्यूनतम साझा कार्यक्रम तय गर्ने सहमति भएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्