काठमाडौं, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको लागि सरकारले युवाहरुलाई २५ लाखसम्म बिना धितो ऋण दिन थालेको बताएका छन् । नवलपुरका भएका साथीहरुको कोसेली लिएको तस्विर साझा गर्दै प्रधानमन्त्री ओलीले फशेबुकमार्फत यस्तो जानकारी गराएका हुन् ।
उनले लेखेका छन्–
शुभ बिहानी !!
नवलपुरबाट भेटघाटको लागि आउनु भएका साथीहरुले आफैंले उत्पादन गरेको मह कोसेली लिएर आउनु भएको रहेछ। मह पाएकोमा भन्दा उहाँहरूको उद्यमशीलतामा खुसी लाग्यो । उद्यमबिना हाम्रो आर्थिक स्तर माथि जान सक्दैन। ग्रामीण स्तरमा हुन सक्ने उद्यमशीलताको विषयमा पनि कुरा भयो। अहिले सरकारले उद्यमशीलताको लागि युवाहरुलाई २५ लाखसम्म बिना धितो ऋण दिन थालेको छ। यसका लागि उहाँहरूले धन्यवाद दिनु भयो। उहाँहरूलाई पनि धन्यवाद !!