Logo

राखेपको ६१‍‍औं वार्षिकोत्सव : प्रधानमन्त्री ओलीले आज ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्दै



काठमाडौं, भदौ २६ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ। राखेपको ६१ औं वार्षिकोत्सवको उपलक्ष्यमा यसका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे आर्मी अफिसर क्लब भद्रकालीमा आयोजना हुने सम्मान कार्यक्रम ती खेलाडीलाई सम्मान गर्न लागेका हुन्। सम्मानित हुने खेलाडीमा दुई जना सिनियर तथा दुई जना जुनियरमा महिला–पुरुष खेलाडी तथा एक जना पारा खेलाडी रहेका छन् ।

त्यस्तै, प्रशासनिक र प्रविधिकतर्फ ८ जना कर्मचारी, २ जना खेल पत्रकार, १ स्थानीय तह, १ प्रायोजक तथा १ राष्ट्रिय खेल संघलाई पुरस्कृत गरिने छ। कार्यक्रममा राखेपमा २० वर्ष सेवा अवधि पूरा गरेका २३६ कर्मचारीलाई परिषद् सेवा पदक प्रदान गरिने छ। राखेपले २०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन लागू भएको दिनलाई आफ्नो वार्षिकोत्सवका रुपमा मनाउँदै आएको छ।



प्रतिक्रिया दिनुहोस्