Logo

एन्फा महिला लिग : आज कोशी प्रदेश र पुलिस क्लव तथा कर्णाली प्रदेश र सङ्कटा क्लव भिड्दै



काठमाण्डौं, भदौ २६ । एन्फा महिला लिग फुटबलमा आज २ वटा खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे कोशी प्रदेश र नेपाल पुलिस क्लव खेल्दैछन् ।

कोशी प्रदेशले यसअघि खेलेका सबै खेल जितेको छ । यसअघि विभागीय टोलीसँग कोशीले खेलेको छैन । पुलिसले पहिलो खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफसँग गोलरहित बराबरी खेल्दा सुदूरपश्चिम र बाग्मतीलाई हराएको थियो ।

यस्तै आजै हुने दोस्रो खेलमा दिउँसो साढे ३ बजे कर्णाली प्रदेश र सङ्कटा क्लव खेल्दैछन् । यसअघि सवा ४ बजे तय भएको खेल हिजो अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले परिवर्तन गरेको खेल तालिका अनुसार साढे ३ बजे हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्