Logo

गलत गर्ने उपसभामुखलाई पूजा गरेर पदमा राख्दैनौं, बहुमतले हटाउँछौं : रामहरि खतिवडा (भिडिओसहित)



काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन सुझाएका छन् । राजीनामा नदिए सत्ता पक्षले दुई तिहाई बहुमतले हटाउने उनको चेतावनी छ । आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गल्ती गरिसकेपछि त्यसलाई स्विकार गर्नु नै महानता हुने धारणा राखे । उनले उपसभामुख रानाले नैतिकताको आधारमा राजीनामा दिएको भए राम्रो संस्कार बस्ने थियो भन्ने भनाई राखे । तर, राजीनामा नदिएको खण्डमा आफूहरुले पूरा गरेर पदमा नराख्ने उनको चेतावनी छ ।

उनले भने,‘गलत गर्ने मान्छेलाई कांग्रेस नै भएपनि हामी काँधमा बोकेर हिँड्दैनौं । अरु भएको भएपनि हिँड्दैन् । गलत जसले गरेको छ, हामी आफ्नो वा पराई भनेर हेर्दैनौं । समग्र संस्था नै बिग्रिन लाग्यो भने हामी चुप लागेर बस्न सुहाउँदैन् । यो विषय सदनमा उठाउने पहिलो व्यक्ति म नै हुँ ।’



प्रतिक्रिया दिनुहोस्