Logo

सम्बन्ध विच्छेद गर्छु भन्दा श्रीमतीको हत्या



कास्की, भदौ २७ । सम्बन्ध विच्छेदको मुद्धालाई लिएर बुधबार कास्कीमा एक जना महिलाको हत्या भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका-१, कुँवर गाउँ निवासी ४२ वर्षे जहरसिंह कुँवरले श्रीमती ४० वर्षे राधिका कुँवरको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । उनीहरु हाल पोखरा महानगरपालिका ८ मा बस्दथे ।

राधिकाको घाँटी र पेटमा चोट लागेको छ । उनीहरुबीच जिल्ला अदालत कास्कीका सम्बन्ध विच्छेदको प्रक्रिया पनि अगाडि बढिरहेको थियो ।

जहरसिंह यतिवेला प्रहरी नियन्त्रणमा छन् भने राधिकाको शव पश्चिमाञ्चल क्षत्रीय अस्पताल पोखरामा राखिएको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरुका एक नाबालक छोरा छन् ।



प्रतिक्रिया दिनुहोस्