Logo

प्रस्तावित चार राजदूतको सुनुवाइ आज, चित्रलेखाका बारेमा उजुरी आह्वान गर्ने तयारी



काठमाडौं, भदौ २७ । संसदीय सुनुवाइ समिति (सयुक्त) ले आज चार देशका लागि प्रस्तावित राजदूतबारे सुनुवाइ गर्ने भएको छ । अहिले बिहान ११ बजे बस्ने समितिको बैठकमा स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराई, बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको सुनुवाइ हुन लागेको हो ।

समितिले यसअघि पटक पटक गरेर १७ मध्ये १३ राजदूतको सुनुवाइ सकेको छ। समितिले आजै अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवका बारेमा १० दिने म्याद राखेर उजुरी आह्वान गर्ने समेत तयारी गरेको छ। गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ देशमा राजदूत सिफारिस गरेको थियो। तर, कांग्रेसको कोटाबाट सिफारिसमा परेकी प्रस्तावित राजदूत कान्ता रिजालको नाम हटाएर सुनुवाइ समितिमा सुनुवाइका लागि सरकारले नाम पठाएको थियो।



प्रतिक्रिया दिनुहोस्