Logo

शिवधाम निर्माणका लागि एक लाख प्रदान



गोदावरी (ललितपुर), २७ भदौ । गोदावरी नगरपालिका–३ का अध्यक्ष सानुराज घिमिरेले पाथीभरा महिला समूहलाई एक लाख ११ हजार एक सय एक प्रदान गरेको छ । उनले आफ्नो जन्मदिनमा उक्त रकम प्रदान गरेको हो ।

‘गोदावरी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ मा उनले शिवधाम बनाउने महिला समूहको योजनामा भरथेग गर्न उक्त रकम प्रदान गरेको हो ।

पाथीभरा महिला समूहको आयोजनामा नगरपालिका–३ स्थित शिव बस्तीमा भदौ २५ देखि ३१ गतेसम्म महायज्ञ हुँदैछ । महायज्ञको उद्देश्य गोदावरी नगरपालिका–३ स्थित शिव बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित शिवधाम निर्माण गरिने पाथीभारा महिला समूहका अध्यक्ष भगवती बुढाथोकीले बताए । रासस



प्रतिक्रिया दिनुहोस्