कञ्चनपुर, २७ भदौ । शुक्लाफाँटा नगरपालिका–४ को वडा कार्यालय भवन धमाधम निर्माण भइरहेको छ । बाह्रकोठे भवन एक करोड एक लाखको लागतमा निर्माण भइरहेकोे वडाध्यक्ष कमल ठकुल्लाले बताए ।
हालसम्म ६० प्रतिशत बढी कार्य पूरा भएको नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख दीपक धामीले बताए । “भवन पूर्णरुपमा अपाङ्गमैत्री बन्नेछ,” उनले भने, “भवन सुविधायुक्त हुनेछ ।”
भवनको दुई तला ढलानको कार्य पूरा गरी तेस्रो तला ढलानका क्रममा रहेको छ । साबिकको पिपलाडी गाउँपालिकाको जीर्ण भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको छ । रासस